नेप्सेमा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 02:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४७.५२ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो 

समायोजनापछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २८१.४० रुपैयाँ कायम भएको छ । समायोजना अघि कम्पनीको शेयर मूल्य ५४९ रुपैयाँ थियो 

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले  आज भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । आजको बजार बन्द भएपछि नेप्सेमा मूल्य समायोजना भएको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।   कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गर्न बाँकि छ । नेपाल धितोपत्र बोर्डले  साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो 

कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो   कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved