शेयर बजार सुस्त: नेपाल टेलिकमको कारोबार उच्च, अपर हेवाखोलाका लगानीकर्ताले सर्वाधिक कमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 03:47:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.३ अंकले बढेर १९९५.३४ को बिन्दुमा  पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२६ कम्पनीका २९ लाख १४ हजार ५ सय ५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब १ करोड ९५ लाख १६ हजार ६ सय ९६ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये नेपाल टेलिकमको सबैभन्दा धेरै ९ करोड ५७ लाखको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ६ करोड ३९ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ४ करोड ४४ लाख, रिडी पावर कम्पनीको २ करोड ९९ लाख तथा हिमाल दोलखा हाइड्रोको २ करोड १२ लाखको कारोबार भएको छ

आज कारोबारमा  आएका मध्ये अपर हेवाखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले बढेको छ भने नबिल ब्यालेन्स फण्ड ३ को इकाई मूल्य ५.३२ प्रतिशतले बढेको छ । त्यस्तै ग्लोबल आइएमई सम्मुनत स्किम १ को इकाई मूल्य ३.४९ प्रतिशतले बढेको छ भने इमर्जिंग नेपालको शेयर मूल्य ३.३४ प्रतिशतले बढेको छ 

आज विन नेपाल लघुवित्तको शेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ भने एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ४.०३ प्रतिशतले घटेको छ । त्यस्तै मल्टीपर्पोस फाइनान्सको शेयर मूल्य र आरबिबि म्युचुअल फण्ड १ को इकाई मूल्य समान ३.४३ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्तको शेयर मूल्य ३,२५ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये १०५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७४ कम्पनीको मूल्य बढेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved