राधी विद्युत कम्पनीको हकप्रद असोज ५ गतेदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 08:14:38 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो

 कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । यस हकप्रदमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले  भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले  साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो 

कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved