ओरियन्टल होटेल्सको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 08:29:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटेल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १३ गते राष्ट्रिय सभा ग्रिहमा सभा आह्वान गरेको हो ।

सभामा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सकिने कम्पनीले जनाएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

१. संचालक समितिका अध्यक्षज्यूको मन्तव्य सहित पच्चिसौं वार्षिक साधारण सभा (आ.ब.२०७८/०७९) को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात तथा आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधीको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरिक्षण समितिको सिफारिश अनुसार आ.व. २०७९/०८० को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (श्री भट्ट एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्, काठमाडौंलाई लेखा परिक्षण समितिले नियुक्तीको लागि सिफारिश गरेको छ ।)



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved