एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 04:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत गरेको छ । बीमा समितिले भदौ २० गते वित्तीय विवरण र लाभांश प्रस्ताव स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

यस सँगै कम्पनीलाई साधारणसभा आहान गर्ने बाटो खुलेको छ ।  कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले  आ.व.२०७७/७८ को संचित नाफाबाट बितरण गर्नको लागि हाल कायाम चुक्ता पुंजी  २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५०प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस शेयर  र  कर प्रयोजनको लागि ०.७६ प्रतिअशतले हुन आउने  १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो  ।

उक्त प्रस्ताव  बीमा समितिबाट स्वीकृत भए सँगै अब कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved