अब विदेशमा बस्ने नेपालीहरुलाई आईपिओमा आरक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 03:02:25 PM मा प्रकाशित

अब विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपिओमा आरक्षण पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ मा संशोधन स्वीकृत गरेसँगै विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपिओमा आरक्षण पाउने भएका हुन्।

नेपाल धितोपत्र बोर्डले विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपिओमा आरक्षण पाउने ब्यबस्था गरि धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ मा आवश्यक संशोधन गरि अर्थ मन्त्रालय मार्फत क्याबिनेटमा पठाएको थियो। मन्त्रिपरिषद बैठकले उक्त संशोधनलाई स्वीकृत गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा  नेपाली श्रमिकको लागि आईपिओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको थियो।  त्यस्तै नेपाल धितोपत्र बोर्डले तयार पारेको नीति तथा कार्यक्रममा 'वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिनेछ।' उल्लेख थियो  ।

नियमावली स्वीकृत भएसँगै अब यो राजपत्रमा आएपछि कार्यन्वयनमा जाने छ । यो ब्यबस्था कार्यन्वयनको लागि बोर्डले थप कार्यविधि समेत बनाउने सक्ने छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved