श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज भदौ २७ गते सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।
कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।