श्रम स्वीकृति लिएर गएकालाई मात्र आईपिओमा आरक्षण, रेमिटेन्स बचत खाता अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 05:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम स्वीकृति प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आईपिओमा आरक्षण पाउने भएका छन् । हालै संशोधन भएको धितोपत्र दर्ता तथा निष्काशन नियमवालीले यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नु पर्नेछ। निष्काशित शेयरमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत मात्र भुक्तानी गर्नु पर्नेछ। यसरी छुट्याएको शेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो शेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने ब्यबस्था नियमावलीले गरेको छ।

नेपाल धितोपत्र बोर्डले विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपिओमा आरक्षण पाउने ब्यबस्था गरि धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ मा आवश्यक संशोधन गरि अर्थ मन्त्रालय मार्फत क्याबिनेटमा पठाएको थियो। मन्त्रिपरिषद बैठकले उक्त संशोधनलाई स्वीकृत गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा  नेपाली श्रमिकको लागि आईपिओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको थियो।  त्यस्तै नेपाल धितोपत्र बोर्डले तयार पारेको नीति तथा कार्यक्रममा 'वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिनेछ।' उल्लेख थियो  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved