धितोपत्र बोर्डले एक साथ खुलायो स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 07:38:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले एक साथ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर, स्टक डिलरको लाइसेन्स खुलाएको छ । बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर, स्टक डिलरको लागि लाईसेन्स खुलाएको हो।

बोर्डले स्टक ब्रोकर र स्टक डिलरको हकमा सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवेदन दिईसक्न आग्रह गरेको छ । त्यस्तै स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको हकमा भने सूचना प्रकाशन भएको ४५ दिन भित्र आवेदन दिन भनेको छ।

बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जको लागि लाईसेन्स दिन बताएपनि कति वटा स्टक ब्रोकर र कति वटा स्टक डिलरलाई लाईसेन्स दिने हो, हो भने खुलाएको छैन ।

बोर्डले निजि लगानीको स्टक लाईसेन्सलाई लाईसेन्स दिनको लागि केहि समय अगाडी मात्र धितोपत्र बजार संचालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जस अनुसार नयाँ  खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।

त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved