दशैँपछिको पहिलो कारोबारमा शेयरबजारमा हरियाली, फाइनान्स र विकास बैंकमा आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 03:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँपछिको पहिलो कारोबार दिनमा शेयरबजारमा हरियाली छाएको छ । ९ दिनपछि खुलेको बजारमा नेप्से सूचक ४४.६२ अंकले बढेर १८९८.३८ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीका २५ लाख ३३ हजार ३ सय ९३ कित्ता शेयर खरिदबिक्रिबाट ८३ करोड ६८ लाख ७३ हजार १ सय ३९ रुपैयाँ ८३ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक २२ करोड ६९ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख, अपि पावरको १ करोड ८९ लाख र शिवम सिमेन्टको १ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ९.९५ प्रतिशत बढेको छ भने उपकार लघुवित्तको शेयर मूल्य ९.८४ प्रतिशत बढेको छ । त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर मूल्य ८.७० प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.२३ तथा एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.९७ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये सर्वाधिक गुमाउने शिर्ष ५ को सूचीमा ५ वटै सामुहिक लगानी कोष योजनाका इकाईहरु रहेका छन्।

आज कारोबारमा आएका मध्ये सबै सबै समुहगत सूचक बढेको छ  । जस मध्ये फाइनान्स समुह सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ४.५ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved