भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 07:33:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व लगानी सप्ताह–२०२२ को अवसरमा ब्रोकर कम्पनी भिजन सेक्युरिटिजले  लगानीकर्ता सचेतना कार्यक्रम गरेको छ । कम्पनीले  नेपाल धितोपत्र वोर्डको सहजिकरणमा आश्विन २९ गते वेनी वजारमा सो क्षेत्रका लगानीकर्ताहरुसंग साक्षात्कार गरेको हो । 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेल वहादुर कटुवालको प्रमुख आतिथ्यतामा अन्य संघ संस्थाका प्रमुखहरु, स्थानिय निकायका प्रतिनिधिहरु, व्यवसायीहरु लगायत लगभग १२५ जना लगानिकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्यक्रममा  म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेल वहादुर कटुवालले लगानि गर्नु पुर्व सम्वन्धीत क्षेत्रको जानकारी लिएर मात्र लगानी गर्नुपर्नेमा जोड दिए ।

नीति, नियम तथा प्रकृयागत व्यवस्थाको वारेमा नेपाल धितोपत्र वोर्डका निर्देशक  ऋषि राम पण्डितले प्रशिक्षण दिएका थिए भने शेयर वजार जोखिमको क्षेत्र समेत भएकोले लगानी गर्नु पुर्व के–कस्ता विषयमा ध्यान दिनु पर्दछ भन्ने विषयमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निकट भविष्यमा आफ्नो शाखा रहेको क्षेत्र दमौली, र कावासोतीमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरिने योजना रहेको जनाएको छ ।

विश्व लगानि सप्ताहको अवसरमा धितोपत्र कारोवारको नियामक निकाय धितोपत्र वोर्डले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । मुलुकभरका लगानिकर्ताहरुलाई सम्वन्धीत क्षेत्रको ज्ञान तथा सचेतना अभिवृद्धि गर्न ब्रोकर कम्पनी, मर्चेन्ट वैंकर लगायत सम्वद्ध सरोकारवाला संस्थाहरुलाई शाखा विस्तार भएको स्थानहरु तथा सम्भावित क्षेत्रमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्न नेपाल धितोपत्र वोर्डले आव्हान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved