शेयर संरचना परिवर्तन गर्दै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 08:35:56 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले कम्पनीको शेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीको २०७८/१२/३० गते सम्पन्न ३१६ औं बैठकबाट निणर्य भए बमोजिम कम्पनीले शेयर स्वामित्व संरचना परिवर्तन गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार वित्तीय संस्थाको हाल विधमान संस्थापक शेयर स्वामित्व ५३.३२ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४६.६८ प्रतिशतलाई ४९ प्रतिशत कायम गर्ने निर्णय भएको हो । साथै नेपाल राष्ट्र बैकको एकीकृत निर्देशन २०७८ को ई.प्रा निर्देशन नं १०/२०७८ को वुदा नं. १५ को निर्देशन बमोजिम उल्लेखित प्रस्ताव अनुसारको शेयर स्वामित्व सर्वसाधारण समूहमा परिणत गर्न इच्छुक नभएमा सोहि अनुसारको स्वघोषण गरि १५ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय डिल्लीबजारमा वा इमेल ठेगाना [email protected] मा उपलब्ध गराई दिन कम्पनीले आग्रह गरेको छ ।

तोकिएको समय भित्र उपरोक्त बमोजिमको स्वघोषणा विवरण प्राप्त नभए निर्णय बमोजिम हुने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved