ब्रोकरको लागि ४६ कम्पनीको आवेदन: ४ वटाले पूर्ण कार्य गर्ने, स्टक डिलर माग्ने नबिल मात्र (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 09:55:47 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने अन्तिम दिन असोज ३१ गते सम्ममा ४६ कम्पनीले बोर्डमा आवेदन दिएका हुन्।

नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ४५ कम्पनीले सिफारिस लिएका थिए । तर बोर्डमा ४६ कम्पनीको आवेदन परेको हो । बोर्डका अनुसार हाल ब्रोकर रहेको सनी सेक्युरिटिजले सेवा थप गरि पूर्ण कार्य गर्ने दलालको लागि आवेदन दिएकोले बोर्डमा परेको आवेदन एउटा बढी देखिएको हो । लाईसेन्स पाईसकेको तर सेवा थपको लागि मात्र नौमती खोजेकोले उसले नेप्सेबाट सिफारिस नलिएको बताईएको छ ।

नेपाल धितोपत्र बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो ।  ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गरेको हो। 

 बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको थियो । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् । 

 शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ ।  यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । यो तहको ब्रोकरको लागि ४१ कम्पनीले आवेदन दिएका छन् । यस्ता ब्रोकरलाई सिमित कार्य गर्ने दलाल भनिएको छ । 

त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । यो तहको ब्रोकरको लागि ४ वटा कम्पनीले आवेदन दिएका छन् । मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटिज, सनी सेक्युरिटिज कम्पनी, र सेन्चुरी स्टक ब्रोकर पब्लिक लिमिटेडले आवेदन दिएका छन् । यस्ता ब्रोकरलाई पूर्ण कार्य गर्ने दलाल भनिएको छ । 

स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ । यो तहको ब्रोकरको लागि  नबिल सेक्यूरिटिजले मात्र आवेदन दिएको छ । यस्ता ब्रोकरलाई धितोपत्र  ब्यापारी अर्थात् स्टक डिलर भनिएको छ  । 

हेर्नुस् ब्रोकर लाइसेन्सको लागि आवेदन दिने ब्रोकर: 

१. हिमालयन ब्रोकेज कम्पनी लि.- सिमित कार्य गर्ने दलाल

२. मेगा स्टक मार्केट लि.- पूर्ण कार्य गर्ने दलाल 

३. सि.वि.आई. एल. सेक्यूरिटिज लि.- सिमित कार्य गर्ने दलाल

४. शेयरप्रो सेक्यूरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

५. के वि एल सेक्यरिटिज लि. - सिमित कार्य गर्ने दलाल

६. ईन्डेक्स सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

७. सन सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

८. क्यापिटल म्याक्स सेक्यूरिटिज प्रा.लि.- सिमित कार्य गर्ने दलाल .

९. स्टक्स्कार्टस् सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

१०. भोले गणेश सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

११. एन.एम.बी. सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

१२. प्रोपर्टि विर्जाड लि.- सिमित कार्य गर्ने दलाल

१३. नबिल सेक्यूरिटिज लि. - धितोपत्र व्यापारी

१४. हिमालयन सेक्युरिटिज लि. -पूर्ण कार्य गर्ने दलाल 

१५. आर. बि.बि. सेक्यूरिटिज कम्पनी लि - सिमित कार्य गर्ने दलाल

१६.  क्यापिटल हब प्रा.लि.- सिमित कार्य गर्ने दलाल

१७. आकाशभैरव सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

१८. एन आई सी एशिया सेक्यूरिटिज लि.  -सिमित कार्य गर्ने दलाल

१९. एलिट स्टक हाउस लि. - सिमित कार्य गर्ने दलाल

२०. सानिमा सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

२१. जे.वि.एन.एल.सेक्युरिटिज लि.- सिमित कार्य गर्ने दलाल

२२. इगल स्टक इकयुटी प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२३. पाही इन्भेष्टमेन्ट प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२४. मियो सेक्यूरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२५. इन्फिनिटी सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

२६. मिल्की वे सेयर ब्रोकर कम्पनी- सिमित कार्य गर्ने दलाल

२७. इन्दिरा सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२८. कलस स्टक मार्केट प्रा.लि. सिमित कार्य गर्ने दलाल

२९. एस.पि.एस.ए. सेक्यरिटिज लि. -सिमित कार्य गर्ने दलाल

३०. सनी सेक्युरिटिज कम्पनी लि. -पूर्ण कार्य गर्ने दलाल

३१. ब्लू चिप सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३२. गरिमा सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३३. माछापुच्छे सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३४. हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि - सिमित कार्य गर्ने दलाल

३५. म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. - सिमित कार्य गर्ने दलाल

३६. प्रभु स्टक मार्केट लि.- सिमित कार्य गर्ने दलाल

३७. रोडसो सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३८. सनराइज सेक्युरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३९. सेन्चुरी स्टक ब्रोकर पब्लिक लि - पूर्ण कार्य गर्ने दलाल

४०. सी.जी. इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

४१. सजिलो ब्रोकर पब्लिक लि. - सिमित कार्य गर्ने दलाल

४२. मनि बर्ल्ड शेयर एक्सचेन्ज प्रा.लि -सिमित कार्य गर्ने दलाल

४३. बेनी सेक्युरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

४४. एप्पल सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

४५. शुभकामना सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

४६. ट्रेडमो सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved