गरिमा क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 08:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले कार्तिक २५ गते दिउँसो ३ बजे बुढानिलकण्ठ स्थित होटेल पबेरा हेरिटेजमा सभा आह्वान गरेको हो । 

सभामा अधिकृत पुँजी वृद्धि गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले लाभांश घोषणा गरेको छैन 

यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्ताव :

१) आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने,

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने,

३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० को लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (वहालवाला लेखापरीक्षक श्री एस. आर. पाण्डे एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तको लागि योग्य हुनहुन्छ) ।

विशेष प्रस्ताव :

१) कम्पनीको अधिकृत पूँजी बृद्धि गरी रु ३५,००,००,०००/०० (अक्षरेपी: पैंतिस करोड) मात्र पुयाउने ।

२) विशेष प्रस्ताव नं. १ पारित भए बमोजिम हुने गरी कम्पनीको प्रवन्धपत्रको दफा ६(क) संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी प्रदान गर्ने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved