सिटिजन्स बन्यो साधारणसभा सम्पन्न गर्ने पहिलो बैंक, ९ प्रतिशत लाभाशं पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 03:40:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सभा सम्पन्न गरेको हो । 

सभाले आ.व. २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । साधारणसभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८÷७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को  वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६÷– को ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यससगै सिटिजन्स बैंक आ.व. २०७८÷७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ । 

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१-४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७-४८.९३ (संथापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयर) साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved