बिओके क्यापिटलको साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 06:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 बिओके क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा आज शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले  आ .व .२०७८÷७९ को वित्तिय विवरणहरु परित गर्नुका साथै आ .व .२०७८÷७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको छ । यस्तै आगामी आ.ब. २०७९÷८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ। 

क्यापिटलले आर्थिक वर्ष ७८/७९ मा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, भने जम्मा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ ।

लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved