गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न: लाभांश पारित , मर्जर अनुमोदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 07:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सकोे १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज शुक्रबार साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ  । साथै, सभाले आ.ब २०७७ ÷७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ  ।

सभाले  गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने ÷गाभिने सम्बन्धी  प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ  भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ  ।

त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव  लगायतका विविध प्रस्ताव सभाले अनुमोदन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved