लक्ष्मी क्यापिटलले १४ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2022 | 01:31:18 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष कार्तिक २७ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:


सामान्य प्रस्ताव

१) चौधौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने ।

३) आ.व. २०७९/८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४) आ.व. २०७८/०७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशतको दरले नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव स्वीकृति गर्ने ।

विशेष प्रस्ताव

१) कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने ।

२) प्रस्ताव नं.१ बमोजिमको बोनस शेयर जारी गरेपछि कम्पनीको पूँजी वृद्धि हुने हुँदा सोलाई समेत समावेश गरी कम्पनीको प्रबन्धपत्र नियमावलीमा भएको पूँजी सम्बन्धी व्यवस्थामा संशोधन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved