नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 08:53:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ८ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले  आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : १) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गर्ने।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनीको लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति
गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५.७८९५% नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्न स्वीकृत गर्ने।

५) कम्पनीमा संचालक समितिले गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved