नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 10:31:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,३७,८९,९५,८०६।- को ८ प्रतिशतका दरले हुने वोनश शेयर रु ११,०३,१९,६६४।- ( एघार करोड तीन लाख उन्नाईस हजार छ सय चौसट्ठी मात्र) र नगद लाभांश ( वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ ) ०.४२११ प्रतिशतले हुने रु ५८,०६,२९८।-( अन्ठाउन्न लाख छ हजार दुई सय अन्ठान्नब्बे मात्र) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved