अरुण काबेली पावरको लाभांश घोषणा, साधारणसभा मिति पनि तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 04:19:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावरले लाभांश घोषणा गरेको छ। कम्पनीको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

 बैठकले कम्पनीको आ. व. २०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पूँजी रु. १, ८५, ५२,१०,५००।- को १० प्रतिशतका दरले रु. १८, ५५,२१,०५०।- बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले रु. १,०५,०६,०५७/- नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved