रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, आईपिओ प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 06:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ ।   कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा आज आइतबार साधारणसभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको पाँचौ वार्षिक प्रतिवेदन, आ.व. २०७७÷०७८ को वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका अतिरीक्त सञ्चालकको नियूक्ती अनुमोदन, सर्वसाधारणमा १ करोड २० लाख कित्ता शेयर जारी गर्ने तथा प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने विशेष÷प्रस्तावहरु सर्वसम्मतिले पारीत गरेको छ ।  

कम्पनीले यसै वर्ष सर्वसाधारणमा शेयर जारी गर्ने र तत्पश्चात शेयर धनीहरुलाई प्रतिफल प्रदान गर्न शुरु गरीने जनाएको छ ।  शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved