७ दिनपछि खुलेको शेयरबजारमा दोहोरो अंकको वृद्धि, वाणिज्य बैंकको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 03:21:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सात दिनको तिहार तथा छठ विदापछि खुलेको शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढेको हो ।

आज सूचक १६.३९ अंकले बढेर १८७४.८७ को बिन्दुमा पुगेको थियो । आज कारोबारमा आएका २२४ कम्पनीका २५ लाख ७४ हजार ९ सय ७५ कित्ता शेयर खरिद बिक्रीबाट ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको छ । जस मध्ये एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड १७ लाख, एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख, तथा शिवम सिमेन्टको १ करोड ६२ लाखले बढेको छ ।

आज कारोबारमा आएका मध्ये सयपत्री हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंकको शेयर मूल्य ८.२४ प्रतिशतले बढेको छ । त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर ७.०७ प्रतिशत, एनआईसी एसिया बैंकको शेयर ६.८० प्रतिशत तथा एभरेष्ट बैंकको शेयर मूल्य ५.५७ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये अपर हेवाखोलाको शेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले घटेको छ भने रुरु जलविद्युतको शेयर मूल्य ६.५८ प्रतिशतले घटेको छ । त्यस्तै अभियान लघुवित्तको शेयर मूल्य ४.७१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक बाहेक सबै समुहगत सूचक बढेका छन् । जस मध्ये अन्य समुह १.५९ प्रतिशतले बढेको छ भने होटेल तथा टुरिजम समुह १.६५ प्रतिशत तथा बैंकिंग समुह १.५२ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved