युनिलिभर नेपालद्वारा १२१५ प्रतिशत लाभांश घोषणा, एजिएम भएको ४५ दिनभित्र वितरण गरिसक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 10:54:33 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिलिभर नेपाल Unilever Nepal  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले १२१५ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १२१५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ३ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् 

कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved