एनआईबिएल एस क्यापिटलको १० औं वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 05:32:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

साथै उक्त साधारण सभामा प्रस्तुत बिशेष प्रस्ताव अन्र्तगत मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बंैक लि. हाल गाभ्ने र गाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बंैक लि. अन्य मर्चेन्ट बंंैकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बंैक तथा वित्तीय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने र गाभिने तथा अन्य मर्चेन्ट बंंैकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने र गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तथा संचालक समितिको भत्ता वृद्घि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ सेवालाई थप परिस्कृत गर्दै आगामी दिनमा शाखा संञ्जालको बिस्तार गर्ने समेत जनाएको छ । क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै समुहिक लगानी कोष तर्फ एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत हाल दुई बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल सहभागिता फण्डमा नेपालकै पहिलो खुलामुखी योजना समेत रहेको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष ब्यवस्थापकको अनुमति पत्र समेत प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष संचालन गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved