सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 09:43:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले कार्तिक १८ गते शुक्रबार साधारणसभा सम्पन्न गरेको हो ।

सभाले वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८÷०७९  वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको  बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९÷०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको क्यापिटलले जनाएको छ।

साथै, आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved