कुमारी बैंकको साधारणसभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 09:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 कुमारी बैंक लिमिटेडको बाईसौं बार्षिक साधारण सभा सम्पन्न भएको छ  । बैंकले आज सोमबार  संचालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो।

 सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७८÷७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९÷८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ । त्यस्तै कुमारी बैंकका शेयरधनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। 

बैंकले २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ  । बैंकको आर्थिक वर्ष २०७८÷७९ मा चुक्ता पूँजी रु. १४ अर्व ७१ करोड भन्दा बढी रहेको छ भने आ.व.२०७९÷८० को प्रथम त्रैमाससम्म निक्षेप रु.१ खर्व ७३ अर्व र कर्जा, सापटी तथा अधिविकर्ष रु.१ खर्व ६१ अर्व तथा नाफा रु. १ अर्ब १४ लाख रहेको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसंग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने प्रतिबद्घता व्यक्त गरेको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved