नागरिक स्टक डिलरको साधारणसभा आह्वान, कति दिने भयो पहिलो लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 08:36:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १८  गते दिउँसो ४:३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशत बोनस शेयर बितरण प्रस्ताव गरेको छ  

त्यस्तै सभामा  संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०७९ मा समाप्त भएको आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने, तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । त्यस्तै  कम्पनीको मिति २०७८/१२/०६ गते र मिति २०७८/१२/२५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ।

विशेष प्रस्ताव अन्तर्गत आर्थिक बर्ष २०७८/७९ सम्मको संचित नाफाबाट कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोडको ६.८५ प्रतिशतले हुन आउने रु. २३,९७,५०,०००/- दरले हुने बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने, उल्लेखित बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृत गर्ने, तथा यी निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने हुने छ। साथै विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने छ।

कम्पनीले डेढ अर्बको आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड बराबरको १,५०,००,००० कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत शेयर सहित) प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव यस अघिको साधारणसभाले पारित गरेको थियो ।  

यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved