केयर रेटिङ्गस नेपालले २१.०५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 09:02:31 AM मा प्रकाशित

laxmi  sunrise bank

केयर रेटिङ्गस  नेपालले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १५ गते बिहिबार पुतलीसडक स्थित आफ्नै कार्यालयमा  सभा आह्वान गरेको हो ।

कम्पनीले सभामा लाभांश सहितक विभिन्न प्रस्ताव पेश गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २१.०५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको कार्यालयको ठेगाना परिवर्तन गर्ने, सोहि अनुसार प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।

यो कम्पनी भारतको केयर रेटिंग लिमिटेडको सहायक कम्पनी हो । यसमा विशाल समुह, इमार्जिंग नेपाल , नेपाल पुनर्बिमा, ग्लोबल आईएमई बैंक, प्रुडेन्शियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतको लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved