मेगा क्यापिटलद्वारा २४.५ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 10:30:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल मार्केट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले मङ्सिर १६ गते फेयरफिल्ड बाई म्यारिओटमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलको  सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को लागि  चुक्ता पूँजीको २४.५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्तावहरु: 

साधारण प्रस्ताव

१. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्ने।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २४.५ प्रतिशतका दरले हुन आउने कर सहित रु.४,९०,००,००० (अक्षरेपी रु चार करोड नब्बे लाख रुपैंया मात्र) नगद लाभांश स्वीकृति गर्ने।

४. आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. सञ्चालकहरुको नियुक्ति तथा अनुमोदन गर्ने । 

विशेष प्रस्ताव

१. मुख्य कम्पनी श्री मेगा बैंक नेपाल लि. हाल गाभ्ने / गाभिने ( Merger) प्रकृयामा रहेको र मुख्य कम्पनी श्री मेगा बैंक नेपाल लि. अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक / वित्तिय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९ (क) बमोजिम सो कम्पनीसँग गाभ्ने/गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने/गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।

२. गाभ्ने / गाभिने ( Merger) सम्बन्धी प्रस्ताव सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved