आईएमई लिमिटेडले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 09:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्बसाधारणलाई शेयर जारी गर्ने तयारी गर्ने भएको छ ।

कम्पनीले सर्बसाधारणलाई शेयर जारी गर्ने तथा बोनस शेयर जारी गरि चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १६ गते शुक्रबार लाजिम्पाट स्थित होटेल ले हिमालयमा साधारणसभा आह्वान गरेको हो ।

त्यस्तै सभामा साधारण प्रस्ताव अन्तर्गत संचालक समितिको आ.ब. २०७८ / ०७९ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पेश हुने छन्। त्यस्तै आर्थिक बर्ष २०७९ / ०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समितिको गठन गर्ने प्रस्ताव पेश हुने छन् । विशेष प्रस्तावमा बोनस शेयर जारी गरि चुक्ता पुँजी वृद्धि गर्ने र सर्बसाधारणलाई शेयर जारी गर्ने प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीको अध्यक्ष चन्द्र ढकाल हुन् भने हेमराज ढकाल म्यानेजिङ डाइरेक्टर हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved