सूर्या लाइफ र ज्योति लाइफको साधारणसभा आज, मर्ज भएर सूर्यज्योति बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 08:15:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आज कार्तिक २८ गते साधारणसभा गर्दै छन्  । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले एकिया दिन सभा आह्वान गरेका हुन्।

सूर्या लाइफको साधारणसभा बिराटनगर स्थित होटेल हेरिसन प्यालेसमा हुने छ भने ज्योति लाइफको साधारणसभा पोखराको लेकसाइड स्थित वाटरफ्रन्ट रिसोर्टमा हुने छ ।

दुवै कम्पनीको साधारणसभामा समबन्धित कम्पनीको संचालक समितिले मर्जर समबन्धि गरेका निर्णयहरु अनुमोदनको लागि पेश हुने छ । मर्जरपछि बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ  । मर्जर प्रयोजनको लागि १:०.८२४५ को स्वाप रेसियो तय भएको छ । जस अनुसार ज्योति लाइफ इन्स्योरेन्सको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ८२.४५ कित्ता शेयर पाउने छन् । सूर्यालाइफका शेयरधनीले भने १ कित्ता बराबर १ कित्ता नै शेयर पाउने छन् । मर्जरपछि बन्ने कम्पनीको रजिस्टर्ड कार्यालय बिराटनगरमा र्हाने छ भने कर्पोरेट कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहने छ । त्यस्तै नयाँ कम्पनीको संचालक समिति गठन भएपछि हाल रहेका दुवै कम्पनीका संचालकहरुको कार्यकाल स्वत समाप्त हुने छ । 

त्यस्तै दुवै कम्पनीको साधारणसभामा मर्जर समबन्धि थप कार्य गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सोहि अनुसार गर्न  अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

यी दुई कम्पनीले मर्जरमा जानको लागि  सम्झौता गरेपछि असार १३ गतेदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ । असार १३ गतेसम्म कायाम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved