धितोपत्र बोर्डको निर्देशक पदमा ९ जना बढुवा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 09:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको निर्देशक पदमा ९ जना बढुवा भएका छन् । धितोपत्र बोर्डको पदपूर्ति समितिको कार्तिक २८ गतेको बैठकले बढुवाको लागि प्राप्त आवेदन मध्येबाट कार्यसम्पादन मुल्यांकनको आधारमा ९ जनालाई बढुवा गर्न सिफारिस गरेको हो । 

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को ब्यबस्था अनुसार बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । निर्वाचन आयोगको स्वीकृत लिएर नै बढुवा प्रर्किया अघि बढाईएको बोर्डले जनाएको छ ।

बढुवा सिफारिस हुनेहरुमा प्रशासन समुहतर्फ अनुज कुमार रिमाल, रेवत श्रेष्ठ, गणेश श्रेष्ठ, शंकर प्रसाद रिमाल, श्यामु मण्डल, र हरि प्रसाद भुषाल रहेका छन्। त्यस्तै  कानुन समुह तर्फ विनोद पौडेल, लेखा समुहतर्फ सरस्वती जिसी र सूचना प्रविधि समुह तर्फ सानु खड्का बढुवा सिफारिस भएका छन् । 

अब बढुवाको सिफारिशमा चित्त नबुझ्ने उम्मेदवारले सबै आधारहरू खोली बढुवाको नामावली प्रकाशित भएको मितिले पैंतीस दिनभित्र अध्यक्ष मार्फत संचालक बोर्ड समक्ष उजूर गर्न सक्नेछ । यसरी आएका उजुरी उपर कारवाही गर्दा प्रकाशित नामावली संशोधन गर्नुपर्ने कारण देखेमा पदपूर्ति समितिलाई संशोधित नामावली प्रकाशित गर्न निर्देशन दिने ब्यबस्था नियमावलीमा छ । त्यस्तो संशोधित नामावलीको प्रकाशन उजुरी परेको साठी दिनभित्र गर्नुपर्नेछ । कुनै उजुरी नपरेमा वा परेको उजुरीमा कारवाही भै संशोधित नामावली प्रकाशन गर्नु नपरेमा पहिलो पटक प्रकाशित भएको नामावलीलाई सदर मानी सो नामावली प्रकाशन भएको मिति देखि लागू हुने गरी सिफारिश भएका उम्मेदवारलाई नियुक्ति पत्र दिनुपर्ने ब्यबस्था नियमावलीले गरेको छ । बढुवा सिफारिस बिरुद्द अन्य कुनै उजुरी नपरेमा बढुवा सिफारिस भएकाहरु स्वत निर्देशन हुने छन् । 

यस अघि बोर्डले कृष्ण प्रसाद घिमिरे र तेज प्रसाद देवकोटालाई उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस गरेको थियो।  त्यस्तै त्यस अघि मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेललाई कार्यकारी निर्देशकमा  बढुवा सिफारिस गरेको थियो । 

बोर्डले असोज १६ गते बढुवाको लागि आवेदन दिन आग्रह गरेको थियो । बोर्डले १६ जना कर्मचारीको बढुवाको लागि सूचना प्रकाशन गरेको थियो ।  बोर्डले कार्यकारी निर्देशक पदमा २ जना, उप कार्यकारी निर्देशक पदमा २ जना, प्रशासन समुहको निर्देशकमा ६ जना, कानुन समुहको निर्देशकमा १ जना, लेखा समुहको निर्देशकमा १ जना, सूचना प्रविधि समुहको निर्देशकमा १ जना, प्रशासन समुहको सहायक निर्देशकमा २ जना, र प्रशासन समुहको बरिष्ठ सहयक पदमा १ जनाको बढुवा गर्नको लागि आवेदन माग गरेको थियो ।  

अब बोर्डले सहायक निर्देशक र बरिष्ठ सहायक पदको बढुवाको सिफारिस गर्न बाँकि छ। 

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्। बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved