![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफामा १३ प्रतिशतले कमि आएको हो।
कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ११५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले करोड ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीले यस अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दाबी भुक्तानी रकम ९ लाख २० हजार रुपैयाँ मात्रै थियो।
१ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३७९ रुपैयाँ ७० पैसा रहेको छ ।
२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ४१ करोड २१ लाख रुपैयाँ संचिती रहेको छ। कम्पनीको बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।