हिमालयन डिस्टिलरीको नाफामा सामान्य वृद्धि, उस्तै देखिने नक्कली उत्पादनले समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 11:18:52 AM मा प्रकाशित

laxmi sunrise bank

 चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिस्टिलरीको नाफा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा २.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको समिक्षा अवधिमा २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको सञ्चालन नाफा भने ३० करोड ३७ लाख रुपैयाँ पुगेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४४ प्रतिशतले बढी हो। २९ करोड ६५ लाख रहेको थियो।  

यो अवधिमा कम्पनीले सञ्चालन आम्दानीमा १२.२९ प्रतिशतले वृद्धि गरि १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ पु¥याएको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब २३ करोड १० लाख रुपैयाँ रहेको थियो। कम्पनीले अन्य आम्दानीबाट ३४ लाख ११ हजार रुपैयाँ कमाएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ छ। जगेडा कोषमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा ले बढेर ५६ रुपैयाँ ८४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ७३ पैसाले घटेर २०१ रुपैयाँ ६४ पैसामा झरेको छ।कम्पनीको पिई रेसियो ६० रहेको छ। 

कम्पनीले आफ्ना उत्पादनहरु ‘गोल्डेन वाक’ र ‘ब्ल्याक वाक’ को ब्राण्डमा नक्कली मदिरा उत्पादन भई बजारमा बिक्रि वितरण भएको जनाएको छ। उक्त दुई नाममा कम गुणस्तरिय मदिराको उस्तै बोटल र लेवल प्रयोग गरी बजारमा आएकोले बिक्रि वितरणमा प्रभाव परेको कम्पनीले जनाएको हो। साथै यसले कालान्तरमा पनि प्रभाव पर्ने कम्पनीले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved