५० ब्रोकर र १ स्टक डिलरको सदस्यता नवीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 10:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ५० ब्रोकर र १ स्टक डिलरको सदस्यता नवीकरण गरेको छ । नेप्सेले नेप्सेबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सदस्यता प्राप्त गरेका ५० वटा सदस्य दलाल कम्पनी(ब्रोकर) र १ वटा धितोपत्र व्यापारी (स्टक डिलर) को सदस्यता नवीकरण गरेको हो। 

यस आ.व.२०७९/८० का लागि सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । हाल बजार ५० वटा ब्रोकर र १ स्टक डिलर कम्पनी रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले थप ब्रोकर तथा स्टक डिलर कम्पनीको लागि लाईसेन्स दिनको लागि आवेदन खुलाए पनि सर्वोच्च अदालतको आदेशपछि उक्त  प्रक्रिया स्थगित छ । अदालतले बाटो खुलाएमा थप स्टक ब्रोकर र स्टक डिलर कम्पनीले पनि लाईसेन्स पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved