ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशन अगावै हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 09:45:08 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशन अगाडी हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले मङ्सिर २८ गते बुधबार दरबारमार्ग स्थित होटेल ल्याण्डमार्कमा सभा आह्वान गरेको हो । सभामा कम्पनीले १:०.०८५९३४७७ को अनुपातमा ८.५९ प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । कम्पनीले ३ करोड बराबरको ३ लाख कित्ता शेयर निष्काशन गर्ने जनाएको हो । त्यस्तै सभामा पिपुल्स इन्भेष्टमेन्टसँग भएको मर्जर प्रक्रिया रद्द गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीको पूर्ण स्वामित्वमा रहेको जिटिएम कर्पोरेट लिमिटेडलाई कानुनी प्रक्रिया पुरा गरि लिक्वेडिसनमा लैजान लिक्विडेटर नियुक्ति गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको कर्जा लिनको लागि संचालक समितिलाई स्वीकृति दिने प्रस्ताव पनि पेश हुने छन् । 

कम्पनीले यस अघि नै आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।  कम्पनीले गतअसार १४ गते बोर्डमा आवेदन दिएको हो ।

 कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर आईपिओ गर्न लागेको हो ।  कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले प्रभु क्यापिटललाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । जस अनुसार कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको आईपिओ बिक्रि नभएमा बिक्रि नभएको शेयर प्रभु क्यापिटलले खरिद गर्ने छ । 

 २०६७ सालमा स्थापना भएको यस कम्पनीले होटेल, आतिथ्य सेवा, आवास र बित्त, निर्माण तथा अन्य लगानीको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले थापाथलीमा ट्रेड टावर र भैसेपाटीमा जनता आवास निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले गौशालामा अर्को ट्रेड टावर निर्माण गरिरहेको छ , जुन अबको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved