नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 09:11:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य ५२१.५७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५९९.८० रुपैयाँ थियो ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बुक क्लोज मितिमा मूल्य समायोजन भएको हो । मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले मङ्सिर १८ गते आइतबार सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

 साधारण प्रस्ताव :

१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. आर्थिक वर्ष २०७७/०७८ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२/- नगद लाभांश स्विकृत गर्ने ।

५. संचालक समितिको वैठक भत्ता तथा सुविधा वारे ।


विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु. रु.४,०३,५१,५८,१५२/- मा १५ (पन्ध) प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश रु.६०,५२,७३,७२३/प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको
अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने।

. कम्पनी ऐन २०६३ को दफा १०५(१)ग वमोजिम आ.व.२०७७/०७८ मा भएको खर्च अनुमोदन गर्ने ।

३. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

४. संचालक समितिको वैठक भत्ता र सुविधा अनुमोदन भए अनुसार नियमावलीमा संशोधन गर्ने ।

५. संचालक समितिवाट मनोनित स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved