कुमारी बैंक र एनसीसी बैंकले बोलाए विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 11:08:01 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विशेष साधारणसभा आह्वान गरेका छन् । मर्जर प्रस्ताव पारित गर्नको लागि दुवै बैंकले मङ्सिर २५ गते विशेष साधारणसभा आह्वान गरेका हुन् ।

एनसीसी बैंकको साधारणसभा अनमोल ब्यांक्वेट शंखमुलमा हुने छ भने कुमारी बैंकको साधारणसभा कुमारी बैंक कै प्रधान कार्यालयमा हुने छ । दुवै बैंकको विशेष साधारणसभामा मर्जर समबन्धि प्रस्ताव पेश हुने छ । 

साधारणसभामा मर्जरसँग समबन्धित हालसम्म भएका कामको अनुमोदन गर्ने, बाँकि कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने , मर्जरको लागि तय भएको स्वाप रेसियो पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

दुबै बैंकका संचालक समितिहरुले १:१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।  गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि मिति २०७९/०६/१० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप दुवै बैंकको संचालक समितिले शेयर आदान प्रदान अनुपात १:१ कायम गर्ने गरी Share Swap Ratio स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।

कुमारी बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । त्यस्तै एनसीसी बैंकले पनि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved