नेपाल हाइड्रो डेभलपर लिमिटेडको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 10:55:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपर लिमिटेड Nepal Hydro Developer  ले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १ करोड ५९  लाख ९६ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख  ४१  हजार  ९ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रहेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved