भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 11:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

 भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि कम्पनीले  सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । 

यस कम्पनीले कास्कीमा  ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved