मोलुङ्ग हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 12:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल दितोपत्र बोर्डले मङ्सिर १५ गते कम्पनीलाई आईपिओ निष्काशन अनुमति प्रदान गरेको हो ।

यस सँगै अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि  १ सय रुपैयाँ अंकित दरका३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्री प्रवन्धक चयन गरेको छ।  

साधारण शेयर निष्काशनको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन र सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मोलुङ्ग हाइड्रोपावरको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । यो आयोजना ओखलढुंगामा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved