सनिगाड हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 06:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 सनिगाड हाइड्रो लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारणको लागि  १०० अकिंत दरको ६७,५०,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

 जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved