बाराही हाइड्रोपावरको आईपिओ बाँडफाँड मिति तय, ५१ हजार ५२२ जनाले मात्र शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 11:20:46 AM मा प्रकाशित

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपिओ आइतबार बिहान बाँडफाँड हुने भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो । आईपिओको प्रि अलोत्मेंट आज शुक्रबार सम्पन्न भएको छ ।

कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् ।   माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड हुने छ । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले मात्र कम्पनीको शेयर पाउने छन् । उनीहरुले १० कित्ताको दरले शेयर पाउने छन् ।

कम्पनीले मङ्सिर २१ गतेदेखि आज मङ्सिर २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५  गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved