सुचिकृत २५ वाणिज्य बैंक मध्ये ४ वटाको लाभांश घोषणा बाँकि, अन्यले कति गरे प्रस्ताव? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 02:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २५ वाणिज्य बैंकहरु मध्य २१ वटाले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरणहरु संचालक समितिबाट पारित गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएका छन् । २१ वटा मध्ये १८ वटाले मात्र लाभांश बितरण गर्ने प्रस्ताव गरेका छन् 

पुस १ गते साँझसम्म विवरणको अनुसार १८ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका, छन् भने ३ वटाले लाभांश बितरण नगर्ने प्रस्ताव गरेका छन् । अब ४ वटा वाणिज्य बैंकले लाभांशबारे निर्णय गर्न बाँकि रहेको छ 

कृषि विकास बैंक, सिभिल बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकले लाभांशबारे निर्णय गर्न बाँकि रहेको छ । लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक र सनराइज बैंकले लाभांश बितरण नगर्ने भएका छन् 

लाभांश प्रस्ताव गरेका वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकको रहेको छ भने सबैभन्दा कम लाभांश सेन्चुरी कमर्शियल बैंकको रहेको छ । नबिल बैंकले ११.५ प्रतिशत नगद , र १८.५ प्रतिशत बोनस गरि कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै बैंक अफ काठमांडूले १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरि कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । एभरेष्ट बैंकले ७.६८ प्रतिशत नगद र १३ प्रतिशत बोनस गरि कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सबै भन्दा कम लाभांश भने सेन्चुरी कमर्शियल बैंकको रहेको छ । सेन्चुरीले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

नेप्सेमा सुचिकृत नभएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश घोषणा गरेको छैन 

हेर्नुस् कुनको लाभांश कति ? 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved