बाराही हाइड्रोपावरको आईपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 08:41:59 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपिओ आज आइतबार बिहान बाँडफाँड हुदै छ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो । आईपिओको प्रि अलोटमेन्ट गत शुक्रबार सम्पन्न भएको थियो ।

कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् ।   माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड हुने छ । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले मात्र कम्पनीको शेयर पाउने छन् । उनीहरुले १० कित्ताको दरले शेयर पाउने छन् ।

कम्पनीले मङ्सिर २१ गतेदेखि आज मङ्सिर २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५  गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved