राधी विद्युत कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 08:41:36 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

 साधारण प्रस्तावहरु

क) संचालक समितिको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

ख) लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

ग) आ.व. २०७९/८० को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

घ) कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने। 

विशेष प्रस्तावहरु

क) चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर जारी गर्ने ।

ख) कम्पनीको नियमावलीमा संशोधन गर्ने ।

ग) नियमक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved