सिडीएसले पनि १०० प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 10:09:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेको सहायक कम्पनी सिडीएस एण्ड क्लियरिङ लिमिटेडले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

यो कम्पनीमा नेप्सेको शतप्रतिशत लगानी रहेकोले सम्पूर्ण लाभांश रकम नेप्सेले नै पाउने छ । कम्पनीले पुस २८ गते आफ्नै कार्यालयमा सभा आह्वान गरेको छ ।

नेप्सेले पनि आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८ / ७९ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/ नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. आ.व.२०७८/७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव माथि छलफल गरी पारित गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved