मेवा डेभलपर्सले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 06:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मेवा डेभलपर्स लिमिटेडले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

सम्झौतामा मेवा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेल र हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १००/- को दरले ९२ करोड ७१ लाख रुपैयाँले हुन आउने ९२ लाख ७१ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो । जसमध्ये ४६ लाख ३५ हजार ६ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि र बाँकी ४६ लाख ३५ हजार ४ सय कित्ता शेयर सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीहरु समेत) का लागि छुट्याइएको छ ।

मेवा डेभलपर्सले ताप्लेजुङ्ग जिल्लामा ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजना र ९.३ मेगावाट क्षमताको सिवा खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved