मोलुङ हाइड्रोपावरको पहिलो चरणको आईपिओ पुस १९ गतेदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 09:37:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ हाइड्रोपावर कम्पनीले  पुस १९ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई पुस १९ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।  त्यस्तै २ लाख ७२ हजार ८ सय ५० कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ । त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ४ सय ३५ कित्ता, र कम्पनीका कर्मचारीलाई ५४ हजार ५ सय ७० कित्ता शेयर निष्काशन हुने छ 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ ३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ ३ गतेसम्म मात्र आवेदन दिन सकिने छ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम८ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ 

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved